arrow

शपथ लिँदै सुदूरपश्चिमका सांसदहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
sudurpachhim-pradesh.jpg

धनगढी । सुदूरपश्चिमका प्रदेश सभा सदस्य (सांसद) को शपथग्रहण आज रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ