arrow

मोदीलाई मातृशोक, एक सय वर्षको उमेरमा आमाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
narendra-modi-mother-111.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेन मोदीको एक सय वर्षको उमेरमा शुक्रबार निधन भएको छ । 

सो कुराको प्रधानमन्त्री मोदीले ट्विट गर्दै जानकारी दिएका हुन् । साथै उनले आमालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मोदीकी आमालाई मंगलबार साँझ अहमदाबादको युएन मेहता अस्पतालको कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । 

उनलाई श्वास प्रश्वासमा समस्या भएको थियो । बिहीबार अस्पतालले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा सुधार भइरहेको बताए पनि शुक्रबार बिहान उनको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार आज बिहान ३ः३० बजे उनले अन्तिम स्वास फेरेकी थिइन् । नरेन्द्र मोदी बिहान७ः४५ बजे अहमदाबाद पुगेका छन् । 

त्यहाँबाट उनी सिधै गान्धीनगरस्थित रायसण गाउँमा उनका भाइ पंकजको घरमा पुगेका छन् । उनकी आमाको पार्थिव शरीर त्यहीँ राखिएको छ । 

केही बेरमै अन्तिम संस्कार यात्रा शुरु हुँदैछ । सेक्टर–३० स्थित मसानघाटमा १०ः३० बजे अन्तिम संस्कार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ