arrow

बालुवाटारमा भड्किलो सामान नकिन्न प्रचण्डको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले राससलाई जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ