- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ । उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई हिजो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो ।
घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइते गुरुङ धार्चे गाउँपालिका–२ की बासिन्दा हुन् । गुरुङको टाउकोमा ढुङ्गाले लागेको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसदले यसअघि पनि विपद्मा परेका गोरखाका उत्तरी क्षेत्रका बासिन्दालाई उद्धार गरी उपचारमा सहयोग गर्दै आएका थिए ।
उनले बिहीबार संसद्भवन नयाँ बानेश्वरमा शपथग्रहण गरेपछि आफ्नो तलब भत्ताबाट विपद्मा परेकालाई उद्धार गर्नका लागि खर्च गर्ने बताएका थिए ।