arrow

कांग्रेस सांसद बजगाईले निजी खर्चबाट चेपाङ बस्तीका हरेक घरधुरीलाई दिए क्रेड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
rajendra-bajgai-help-chepang.jpg

गोरखा । गोरखा जिल्ला क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले आफ्नै निजी खर्चबाट गोरखा क्षेत्र नं १ का चेपाङ्ग बस्तीका हरेक घरधुरीलाई क्रेड वितरण गरेका छन् । 

गण्डकी गाउँपालिका वार्ड न ६ साविक भुम्लिचोक गाविस वार्ड न ८ का चेपाङ्ग बस्तीहरु हुइलिङ्ग, लुप्राङ्ग, क्यान्तुङ्ग, कौदी , हिपलुङ्ग, थुम्का र  भन्ज्याङ्ग गाउँका १२१ घर धुरी तथा गण्डकी गाउँपालिका वडा नं ७ साविक घ्याल्चोक गाविस वडा न ६ का ३ घरधुरी किसानलाई प्रति घरपरिवार प्रति घरधुरी तीन वटाका दरले १२४ घरधुरीलाई क्रेड वितरण गरेका हुन् । 

उक्त कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति धिरन थापा, नेका जिल्ला सचिव कृष्ण आले, नेका गण्डकी गापा सभापति होमबहादुर राना, नेका वडा सभापति  रामनारायण श्रेष्ठ तथा वडा सचिव मिनबहादुर पुलामीलगायत स्थानीय कृषकहरुको उपस्थितिमा क्रेड वितरण गरिएको सांसद बजगाईको सचिवालयले जानाकारी दिएको छ । 

सो अवसरमा सांसद बजगाईले आफ्नो क्षेत्र विकास र समृद्ध बनाउन कृषि र पर्यटनलाई विशेष  प्राथमिकता दिनेसमेत बताएका छन् । 

किसानको मेहनतले निकै नै भावुक देखिएका उनले कृषकको अनुहार नै रेटिना हुन् भन्दै अब कुटो कोदालोसमेत वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ