arrow

महन्थ ठाकुर लोसपा संसदीय दलको नेतामा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
mahantha-losapa.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध भएका छन् । बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका थिए । लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चार जना सांसद छन् । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ