arrow

चोर टोली र स्थानीयबीच मुडभेड हुँदा दिनदहाडै चल्यो गोली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
gun-bullet-ar.jpeg
तस्बिर – फाइल ।

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो ।

गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी ९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियारधारी समूहलाई गाउँलेले लखेटेका थिए ।

गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन् । उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन् । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेको छ । उनमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरूसमेत बरामद गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ