arrow

मनकामनामा दर्शनार्थीको भीड [फोटोफिचर]

logo
सयुबा पोखरेल,
प्रकाशित २०७९ मंसिर २४ शनिबार
manakamana-mandir-gorkha.jpg

मनकामना । मनकामना दर्शन गर्न जाने दर्शनार्थीको निकै भीड रहेको छ । शनिबार परेकाले आज निकै भीड भएको हो । हिजो मनकामना मन्दिर वरिपरि बस्नका लागि करिब डेढ हजारको हाराहारीमा दर्शनार्थी पुगेको बताइएको छ । 

बस्नका लागि होटलमा ठाउँ नभएपछि कतिपय दर्शनार्थी बाहिरै बस्नु परेको थियो । त्यस्तै कतिपयले त रातभर लाइन नै लागेका थिए । 

यसै त मंसिरको चिसो त्यसमाथि उच्च पहाडी स्थानमा रहेको मनकामनामा अन्य समयमा पनि चिसो हुँदै आएको छ । 

बिहान ४ बजेदेखि लाइनमा बसे पनि बिहान ९ः३० बजेसम्म मनकामनाको दर्शन गर्न नपाइएको दर्शनार्थी शान्ता मरासिनीले बताइन् । 

उनले आफूहरु शुक्रबार साँझ नै मनकामना मन्दिरमा बास बस्न आएको भए पनि अत्यन्त भीडका कारण समयमै दर्शन गर्न नपाएको बताइन् । 

मनकामना दर्शन गर्न नेपालभरसँगै भारतबाटसमेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । केबलकार चलेपछि दर्शन गर्न जान सजिलो भएको छ । 

मनोकामना पूरा हुने विश्वासमा दर्शनार्थीहरु मनकामना पुग्ने गरेका छन् । दर्शन गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबै पुग्ने गरेका छन् । 

यो सुन्तला पाइने सिजन भएकाले कतिपय दर्शनार्थी त गोरखाका सुन्तला किन्नसमेत पुग्ने गरेको पाइन्छ । 

मन्दिरमा भाकलसमेत चढाउने चलन छ । मनकामना मन्दिरमा बलिसमेत चढ्छ । 
 

316364700_1122705758409296_4801984626156218921_n.jpg
मनकामना दर्शन
316866078_903402540656660_5340795263528757606_n.jpg
317107308_605333924690861_6709743368487355665_n (1).jpg
317107308_605333924690861_6709743368487355665_n.jpg
317107308_670097351475575_2310990033762248204_n.jpg
317338814_1326622468181903_4569320226179757531_n.jpg
317453743_1270753577039973_6290788136392855127_n.jpg
317620996_954922378815714_1606319800391950752_n.jpg
318122285_846321010028946_6795236700790900570_n.jpg
318215607_2251461531689039_7314559099069576013_n.jpg
318272964_3351973995054057_8534820233986011499_n.jpg
318280578_474658461246044_6791907215965115207_n.jpg
318282606_3234886093427795_3006229287172265348_n.jpg
318509990_3329249167326596_903977347895815520_n.jpg
318525481_857907025256584_349371545744784989_n.jpg
318796056_1504868213258043_4335708031136826106_n.jpg
318852541_808524340239719_3008222214402730563_n.jpg
318957899_866651044654387_7117637545695671290_n.jpg
319008227_447437777590045_4039401394635732013_n.jpg
319126403_584768490321977_6197593673376515205_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ