arrow

लेकसाइडमा हिमालयन ग्लोरी इन सञ्चालन, १२ करोड लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
himalayan glory.jpg

पोखरा । डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ ले हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ । 

पोखराको लेकसाइडस्थित हल्लनेचोकमा रहेको होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट १२ करोड लगानीमा शुरु गरिएको बताइएको छ । 

एउटै छाना मुनि विभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बाल्कोनीसहित १५ कोठाहरु छन् । 

माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’ को अवधारणा अनुरुप बनाइएको संस्थाका निर्देशक भिष्मराज पौडेलले जानकारी दिए ।

आधुनिक लिफ्टसमेत जडान गरिएको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दीकोटलगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ । 

चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरु रेष्टुरेण्टमा पाइने निर्देशक पौडेलले बताए । 

१६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भन्ज्याङ, पलेटी, कौशी, पाली, पानी फोहोरा, खुला आकाश लगायत फरक-फरक कक्षहरुको निर्माण गरिएको छ ।

झण्डै ४० जना अटने हलसमेत रहेकाले सभा सेमिनारका लागि पनि यो स्थान उपयुक्त भएको निर्देशक विश्वराज पौडेलले बताए । सन २०१८ को अगस्टदेखि निर्माण शुरु हिमालयन ग्लोरी इनको शुरुवाती लागत करिब रु १० करोड अनुमान गरेको भएपनि कोरोना कहरका कारण निर्माण अवधि लम्बिदा लगानी बढेर १२ करोड पुगेको पौडेलले बताए ।

प्रत्येक हप्ताको तीन दिन ‘सोलो आर्टिष्ट’ को सांगीतिक प्रस्तुति रहने रेष्टुरेण्ट परिसरमा हरियाली र बगैंचा निर्माण गरिएको छ । होटलका कोठाको सजावटमा रहेका अधिकांश सामाग्रीहरु ढाकाको कपडा, थान्का, नेपाली पेन्टिङ लगायतका नेपाली उत्पादन प्रयोग गरिएको छ । 

रेष्टुरेण्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारीहरु रहेको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ