arrow

चोलेन्द्रलाई सर्वोच्च जान नरोक्ने सरकारको संकेत, सर्वोच्चको गेटमा बारको धर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
cholendra-shamsher-2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ । बुधबार संघीय संसद सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् ।

गेटअघि बाक्लो संख्यामा खटिएको प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएको अनुमान छ । 

तर सर्वोच्च फर्किने तयारीमा रहेका जबरालाई रोक्न नेपाल बार एसोसिएसनले अदालत परिसरमा धर्ना शुरु गरेको छ । महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानूनी भएको बारको निष्कर्ष छ ।

नेपाल बारको पदाधिकारी बैठकले उनलाई रोक्नका लागि धर्ना दिने निर्णय गरेसँगै सर्वोच्च परिसरमा वकिलहरुको बाक्लो उपस्थिति रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ