arrow

सर्वोच्च फर्कने चोलेन्द्रको तयारीपछि नेपाल बारको आकस्मिक बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
Nepal-bar-association.jpeg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए ।

आफूलाई संघीय संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि पनि जबराले आफू सर्वोच्च जान लागेको भनेपछि बारले विरोध जनाएको थियो । उनले संसद् सचिवालयबाट महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएकाले अब के गर्ने भनेर बारको बैठक बसेको हो ।

यता नेपाल बारले अदालत परिसरमा धर्ना शुरु गरेको छ । महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानूनी भएको बारको निष्कर्ष छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ