arrow

मिडियालाई पैसा दिनुपर्ने कानून पास भए फेसबुकमा समाचार शेयर गर्न नदिने मेटाको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
meta.PNG

काठमाडौं । मेटाले एक नयाँ कानूनमाथि आपत्ति जनाउँदै अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । समाचार उत्पादक एवं प्रकाशक संस्थाहरूलाई फेसबुकमा शेयर गरिएको सामग्रीको शुल्क माग्ने क्षमता प्रदान गर्ने कानूनकाे विरोध मेटाले गरिरहेकाे हाे ।

यो कानून मिनेसोटाका सिनेटर एमी क्लोबुचरद्वारा अमेरिकी संसद्मा पेश गरिएको पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन (जेसीपीए) भनेर चिनिने एक नयाँ कानून हो । यसले अमेरिकी संसद्मा द्विपक्षीय समर्थन पाएको छ ।

यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा सम्झौता गर्न ठूलो शक्ति दिनेछ।

यस्तै कानून गत वर्ष अष्ट्रेलियामा पनि पारित भएको थियो । त्यसपछि तत्कालीन फेसबुकले केही समयका लागि प्लेटफर्ममा समाचार सेयर गर्नमा रोक लगाएको थियो ।

मेटाले भनेको छ, प्रकाशकहरूले आफ्नो सामग्री फेसबुकमा राख्छन् । किनभने 'यसले उनीहरूको बेस लाइनलाई फाइदा पुर्‍याउँछ।'

मिडिया कम्पनीहरूले मेटाले प्लेटफर्ममा सेयर गरिएका समाचार लेखहरूबाट ठूलो रकम कमाउने गरेको दाबी गरेको छ।

महामारीको समयमा मेटाले ठूलो नाफा कमाउँदा स्थानीय समाचारहरूले विशेष गरी सङ्घर्ष गरेका थिए ।

यद्यपि मेटाले भने फेसबुकले समाचार स्रोतहरूमा ट्राफिक पठाउन मद्दत गर्ने जनाएको छ ।

मेटाका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, 'यदि संसद्ले राष्ट्रिय सुरक्षा कानूनको एक भागको रूपमा गैर विचारित पत्रकारिता विधेयक पारित गर्छ भने, हामी हाम्रो प्लेटफर्मबाट पूर्ण रूपमा समाचार हटाउने बारे विचार गर्न बाध्य हुनेछौँ ।'

मेटाले फेसबुक एकाउन्टहरुमा समाचार सेयर गर्दा कमाउने पैसा यसको कुल राजस्वको सानो हिस्सा मात्रै भएको दाबी गरेको छ।

यस्तै २०२१ को मार्चमा लागू भएको अष्ट्रेलियाली कानूनले त्यहाँ फेसबुक न्यूज फिडहरू छोटो समयका लागि बन्द भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ