arrow

राउत मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
nepal-police12.jpg

सप्तरी ।  सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । 

उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । 

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । 

बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । 

“तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ