arrow

सर्लाहीबाट महिलाको प्रत्यक्षमा सहभागिता न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
sarlahi.png

सर्लाही । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा-२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा-१ मा एक, प्रदेशसभा-२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा-१ मा एक र प्रदेशसभा-२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए र 

महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा-२ बाट वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन् । उनले नेकपा (एमाले)की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरिन् ।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा-२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरेकी छन् ।
 
“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ