arrow

सप्तरी ४ को प्रदेशसभामा न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार

सप्तरी । सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका छन् । 

सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए ।

गत निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक-एक स्थानमा विजयी हासिल गरेको छ ।

सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक-एक स्थानमा निर्वाचित भएका छन् । 

बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार तीन सय ८० मतका साथ अग्रता बढाएका छन् । 

चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ