डा. सुनील शर्मा सुनिश्चित, गन्न बाँकी भन्दा मतान्तर बढी
विवेक मिश्र,
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
1.1k
Shares
तस्बिर – फाइल ।
मोरङ । मोरङ्ग क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माको जित निश्चित भएको छ । हालसम्म ८२ हजार ४७८ मत गणना भइसकेको र अब १४ हजार ८९९ मतमात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा डा. शर्माले ४१ हजार २६८ मत प्राप्त गरिसकेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २१ हजार ६७० मात्र प्राप्त गरेका छन् । डा. शर्मा १९ हजार ५९८ मतले अगाडि छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातान्त्र पार्टीबाट नायिका रेखा थापाले ९ हजार ४८९ प्राप्त गरेकी छिन् ।