सेन्साईको “विश्वकप च्याम्पियन अफर" योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.1k
Shares
काठमाडौँ। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै “विश्वकप च्याम्पियन अफर" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३०,१०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथसाथै एक भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सन्किने कम्पनीले जनाउको छ।
ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। ग्राहकहरूले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपाल भरी पाउने कम्पनीले जनाएको छ।
नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेकट्रोनिक्से सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारी पाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्। कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ।