एसिया-प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ : सी चिनफिङ
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
1.4k
Shares
ब्याङकक । चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया-प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिएका छन्।
एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलनमा लिखित मन्तव्य व्यक्त गर्दै उनले एशिया-प्रशान्त क्षेत्रले आफ्नो भूभागमा नयाँ शीतयुद्ध छेड्ने प्रयासलाई कहिल्यै अनुमति नदिने बताए ।
चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण विकास, खुलापन, समावेशी र एकताको बाटो एशिया-प्रशान्त क्षेत्रले अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नयाँ घटना र चुनौतीको सामना गर्दै एपेक सदस्यहरूले विगतका अनुभवबाट पाठ सिक्नुपर्ने तथा एशिया-प्रशान्त क्षेत्रीय आर्थिक एकीकरणलाई दृढतापूर्वक अगाडि बढाउनुपर्छ राष्ट्रपति सीले भने ।
उनले विकासको नयाँ आधार निर्माण गर्नका साथै एशियाको साझा भविष्य र उन्नयनका खातिर संयुक्त प्रयासका लागि आह्वान गरे।