arrow

के जसपा उम्मेदवार कार्कीसँगको ‘सेटिङ्ग’ मा मातृका यादवले चुनाव जित्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
martika-yadav-maoist.jpg
फाइल तस्बिर

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा उम्मेदवार दीपक कार्कीसँग सेटिङ गरेर नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव चुनाव जित्ने दाउमा लागेका छन्।

कार्कीले यादवलाई चुनाव जिताउन भित्रा भित्रै भूमिका खेलिरहेका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यादव र कार्कीबीच सेटिङ्ग भएपछि उनले चुनाव जितेका थिए।

२०७४ मा यस क्षेत्रमा नेपाली काँग्रेसको अवस्था बलियो थियो। नेपाली काँग्रेसका उम्मेदवार आनन्द ढुङ्गानाले जित्ने निश्चित देखिएपछि मातृका प्रसाद यादव र दीपक कार्कीबीच सेटिङ्ग भएको चर्चा चलेको थियो।

पछिल्लो चुनाव जस्तै यस पटक पनि यादवले चुनाव जित्न कार्कीसँग सेटिङ्ग गरेको देखिन्छ। कार्कीले यस पटक पनि एमालेको भोट काट्ने छन्। यसै गरी यादवलाई नजाने नेपाली काँग्रेसको भोट पनि कार्कीले काट्ने अनुमान गरिएको छ।

धनुषा निर्वाचन क्षेत्र नं.१ मा चुनाव जित्न निर्णायक मानिएको सबैले नगरपालिकामा यादव र कार्कीबीच गठबन्धन रहेको छ। नगरपालिकामा मातृकाका भाइ कारी यादवले मेयरमा जितेका छन्।

सबैले नगरपालिकाको कार्यपालिकामा यादवलाई सहयोग गर्न कार्कीले गठबन्धन गरेका हुन्। नगर परिषद्मा बजेट बाँडफाँड र विनियोजन यादव र कार्कीले मिलेर गरेका छन्। अहिले पनि दुवै जनाले मिलेर योजनाहरू अगाडि बढाएका छन्।

जसपाका उम्मेदवार कार्कीको कुनै व्यापार व्यवसाय छैन। तर, अघिल्लो चुनावमा पनि करोडौँ रुपैंया खर्च गरेका थिए। यस पटकको चुनावमा पनि करोडौँ रुपैंया खर्च गरिरहेका छन्।

श्रोतका अनुसार कार्कीलाई चुनाव लड्न प्रसाद यादवले पैसा दिएका छन्। तीन पटक मन्त्री भएका यादवसँग अकुत पैसा रहेको र सोही पैसाबाट कार्कीलाई चुनाव लड्न पैसा दिइएको हो।

धनुषा निर्वाचन क्षेत्र नं. १ को विभिन्न स्थानमा यादव घर दैलोमा जाने गरेका छन्। तीन पटक मन्त्री भएर पनि जनताका लागि कुनै काम नगरेको भन्दै यादवप्रति जनताहरू आक्रोशित बनेका छन्। मातृका यादवको घरदैलोका क्रममा छयहत्तर विगहामा यादवमाथि जनताले ढुँगामुढासमेत गरेका थिए।

यस क्षेत्रका मतदाताहरूका अनुसार यादवलाई चुनाव जिताउन पुनः कार्कीलाई खडा गरिएको छ। मदेसवादी पार्टीबाट पहाडीलाई टिकट दिलाएर कमजोर उम्मेदवार खडा गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ