arrow

धर्मेन्द्र, प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समावेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
prabhu-shah.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा समावेश भएका छन्। केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका पटेल साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा समावेश भएका हुन्। जसपा अध्यक्ष रहेका पटेलले गत साता मात्र जसपाको साधारण सदस्यतासमेत त्यागेका थिए।

पटेलले आफ्नो समूहका नेताहरूसहित आइतबार मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभामा प्रभु साहको हातबाट टीकामाला लगाई अभियानमा सामेल भएका छन्।

पटेल देवाही गोनाही नगरपालिकाको पूर्व मेयर समेत हुन्। कार्यक्रममा बोल्दै पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताए।

मधेसीको सवालमा सदैन अनुदार रहेको केपी ओलीसँग गठबन्धन गरेपछि जसपा विचलित भएकोले अब देश र मदेसले नयाँ शिराबाट मात्र निकास पाउन सक्ने भन्दै आफूहरू प्रभु साहको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ