arrow

आज पनि गयो सुदूरपश्चिममा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
earthquake2.jpg

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्प ४.१ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । मंगलबार र बुधबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीन वटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टर स्केलको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पमा परी ९ जना घाइते हुनुका साथै १० घर पूर्ण रुपमा क्षति भएका थिए । 

मंगलबारदेखि अहिलेसम्म दुई सय बढी पराकम्पन आइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ