arrow

एमालेको सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कनेछ : चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
chitra-bahadur-kc-2079.jpg

ढोरपाटन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट दिन नहुने बताएका छन् । बागलुङमा अध्यक्ष केसीले केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने बताए ।

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ-१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । 

“एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक पटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्”, अध्यक्ष केसीले भने, “गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।”

उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहज रूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ