arrow

शेयर बजारमा उल्लेख्य सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजार मंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको शेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

साथै, जीवन बिमा १७३.३८,  होटल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ । 

न्यादी हाईड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ । एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढीको कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ