arrow

तिलागुफामा भएको विष्फोटमा मृत्यु हुने दुई पुगे, घाइते चार वर्षे बालिका पनि रहिनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
kalikot-district.png
तस्बिर – फाइल ।

मान्म । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । 

घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । 

घटनामा परी यसअघि ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ