arrow

कर्णाली कांग्रेसका नेता कार्यकर्तालाई रामचन्द्रको आग्रह- हँसिया हथौंडामा भोट हाल्नुस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
ram-chandra-poudel-kanchanpur-kartki-2078.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कर्णाली कांग्रेसका नेता तथा कार्यकर्तालाई हँसिया हथौंडामा भोट हाल्न अनुरोध गरेका छन् ।  पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

“अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उनले भने, “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला । गठबन्धनका सबै उम्मेदवारहरूलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु ।”

कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौंडासँग नडराई भोट हाल्न आग्रह गरे । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखिको अभियानलाई जोडेर यति बेला लोकतन्त्रको रक्षा र यसको उन्नतितर्फ अगाडि बढाउने बाटो अवलम्बन गरिएको उनको भनाइ थियो । 

राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले गठबन्धन जीतले मात्र समग्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताए । गठबन्धनको साझा उद्देश्य पूरा गर्न, मुलुकको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षाका लागि अबको चुनाव जीत गठबन्धनकै पक्षमा ल्याउन उनले पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ