रेडबुलका संस्थापक डिट्रिच माटेस्चिजको ७८ वर्षको उमेरमा निधन
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
611
Shares
काठमाडौं । एनर्जी ड्रिंक उद्योगमा रेडबुल र टाइटनका मालिक एवं खेलकुद साम्राज्यमा फर्मुला वान टोलीको स्थापना गर्ने डिट्रिच माटेस्चिजको ७८ वर्षको उमेरमा निधन भएको छ ।
अस्ट्रियाका अर्बपतिको निधनमा दुःख व्यक्त गर्नुको साथै रेडबुलले उनले गरेको सबै कुराको लागि कृतज्ञतासमेत व्यक्त गरेको छ। २७ अर्ब अमेरिकी डलर कुल सम्पत्ति रहेका माटेस्चिजलाई फोब्र्सले सन् २०२२ मा अस्ट्रियाकै धनाढ्य व्यक्तिको सुचिमा राखेको थियो ।
फर्मुला वनमा आफ्नो संलग्नताको अतिरिक्त, टोलीका डच ड्राइभर म्याक्स भर्सटापेन लगातार दोस्रो वर्ष विश्व च्याम्पियन बनेका छन् । रेडबुलले २००५ मा अस्ट्रियाको साल्जबर्ग फुटबल क्लब र सोही वर्ष पछि जर्मनीको लाइपजिग किनेको थियो ।
रेडबुल, फर्मुला वान टोलीका प्रमुख क्रिस्चियन होर्नरले माटेस्चित्जलाई भावुक समर्थक र हामीले गर्ने सबै कुराको मेरुदण्डको रूपमा रहेको भन्दै निधनमा शोक व्यक्त गरेका छन् ।