arrow

कुम्भको दिन राम्रो हुँदा अरूको यस्तो छ राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग : मिति २०७९ कात्तिक ४ गते शुक्रवार, इस्वीसंवत अक्टोबर २१ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको एकादशी तिथि रहनेछ । नक्षत्रमा मघा, विष्कुम्भादि योगमा शुभ, करणमा बालब, आनन्दादि योगमा काण रहनेछ । सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । दिनमान २८ घटि १९ पला अर्थात् ११ घण्टा २२ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६:०७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ५:२७ बजे हुनेछ । आज रमा एकादशी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल :
मेष : समय भरपर्दो रहने छ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यवसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरूभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रसन्न हुनेछ ।

वृष : समय खराब छ । पढाई लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा छुट्टिनुपर्दा मनमा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जतनसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यवसायबाट मनग्य लाभ लिन सकिने योग रहेको छ ।

मिथुन : समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरूले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरू गर्न सकिनेछ ।

कर्कट : समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला । पानीसँग सम्बन्धित व्यवसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखा पर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाई लेखाइमा मन जाने छैन भने अरूभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । आज टाढाको यात्रा त्यो पनि पश्चिम दिशाको नगर्नुहोला ।

सिंह : समय अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

कन्या : समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाई लेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरू भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरूको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुला : समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

वृश्चिक : समय मध्यम छ । व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईँको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनु : समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसायबाट भनजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान् श्रीमती बिच मनमुटाब बढ्न योग रहेको छ । पढाई लेखाइमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

मकर : समय भरपर्दो रहनेछैन । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नीबिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरू भन्दा पछि परिनेछ ।

कुम्भ : समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्य आम्दानी गर्न सकिने तथ आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ ।

मीन : समय खराब रहनेछ । नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टामा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

साइत :
आजको शुभ लाभादि बेला बिहान ०६:०७ बजेदेखि ०७:३२ बजेसम्म चर बेला बिहान ०७:३२ बजेदेखि ०८:५७ बजेसम्म लाभ बेला बिहान ०८:५७ बजेदेखि १०:२२ बजेसम्म अमृत बेला बिहान १०:२२ बजेदेखि ११:४८ बजेसम्म काल बेला दिनमा ११:४८ बजेदेखि १:१३ बजेसम्म शुभ बेला दिनमा १:१३ बजेदेखि २:३८ बजेसम्म रोग बेला दिनमा २:३८ बजेदेखि ४:०४ बजेसम्म उद्वेग बेला साँझ ४:०४ बजेदेखि ५:२९ बजेसम्म चर बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
बिहानमा १०:३० देखि १२:०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ