arrow

नवलपरासीमा लागूऔषध सहित एक जना पक्राउ

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
pakrau.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा बिहीबार बिहान ७ बजे देखी १० बजे खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा लागूऔषध पक्राउ परेको हो ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटर रोकी रितपूर्वक चेकजाँच गर्दा स्कुटर चालक रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं १ घर भएको ४० वर्षीय रुद्र बहादुर कार्कीको शरीर खोजतलास गर्दा लागूऔषध भेटिएको हो । 

कार्कीको शरीरको तल्लो भागमा निलो रङ्गको जिन्सको पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिक भित्र लुकाई राखेको पोकाहरूमा रहेको लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ निकाली एकै ठाउँमा मिसाई प्लास्टिक रहित तौल गर्दा २९ ग्राम फेला परेको थियो  ।

निज रुद्र बहादुर कार्कीसँग लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, स्कुटरमा बरामद गरी लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ