काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि बाहिरिएको छ । एमालेसँग चुनावी तालमेललाई लिएर राप्रपाका केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका हुन् ।
तालमेल अनुचित भन्दै केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतना पत्र लेखेका छन् । उनीहरूले मङ्सिर ४ मा हुने निर्वाचनको विषयमा गरिएको निर्णय र लिएको नीतिले राप्रपालाई दूरगामी असर पार्ने ठहर गरेका छन् । सचेनतापत्रमा १८ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ ।