arrow

पाकिस्तानी सेनाले १९७१ मा बंगलादेशमा नरसंहार गरेको प्रस्ताव अमेरिकी सदनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
ro-khanna (1).jpg

काठमाडौं । शुक्रबार अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा पेश भएको प्रस्तावमा पाकिस्तानी सशस्त्र सेनाले सन् १९७१ मा बंगलादेशमा रहेका जातीय बङ्गाली र हिन्दूहरूमाथि नरसंहार गरेको उल्लेख गरिएको छ ।

भारतीय अमेरिकी सांसद रो खन्ना र अर्का सांसद सेभ चाबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई १९७१ मा पाकिस्तानी सशस्त्र सेनाले बंगलादेशमा गरेको हिंसालाई नरसंहारको रूपमा मान्यता दिन आग्रह गर्दै प्रस्ताव पेश गरेका हुन्।

प्रस्तावमा पाकिस्तान सरकारलाई यस्तो नरसंहारमा आफ्नो भूमिकाका लागि बंगलादेशका जनतासँग माफी माग्न आह्वान गरिएको छ।

रिपब्लिकन पार्टीका सदस्य सेभ चाबोटले ट्वीटमा भनेका छन्, “हामीले वर्षौं बित्दै जाँदा नरसंहारमा परेका लाखौंको सम्झनालाई मेटाउन दिनु हुँदैन। नरसंहारको पहिचानले ऐतिहासिक रेकर्डलाई बलियो बनाउँछ, हाम्रा सँगी अमेरिकीहरूलाई शिक्षित बनाउँछ र अपराधीहरूलाई थाहा हुन्छ कि त्यस्ता अपराधहरू सहने वा बिर्सिने छैन। ”

खन्नाले चाबोटसँग मिलेर सन् १९७१ को बंगाली नरसंहारको सम्झनामा पहिलो प्रस्ताव पेश गरेका थिए जसमा लाखौं जातीय बंगाली र हिन्दू मारिएका र विस्थापित भएका थिए । क्यालिफोर्नियाको १७ औं कंग्रेसनल जिल्लाका अमेरिकी प्रतिनिधि रो खन्नाले ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् ।

त्यो 'एक नरसंहार थियो। अहिलेको बंगलादेश र तत्कालीन पूर्वी पाकिस्तानमा लाखौं मानिस मारिए । ती लाखौं मारिएकामध्ये करिब ८० प्रतिशत हिन्दू थिए,' चाबोटले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ