arrow

शेयरमा दोहोरो अंकको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
bull-stock-nepse-share.jpg

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ बिन्दुमा आइपुगेको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ बिन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । 

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आँकलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ