एमालेले भीम रावललाई टिकट दिएन, देउवालाई हराउन वीपी कांग्रेसलाई सघाउने, यी हुन् सुदूरपश्चिमका उम्मेदवार
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
4.4k
Shares
धनगढी । नेकपा एमालेले डडेल्धुरामा उम्मेदवार नउठाएर नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । नेकपा एमाले सुदूरपश्चिम कमिटीले सार्वजनिक गरेको सम्भावित प्रतिनिधि सभाको उम्मेदवारको सूचीअनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।
उता, एमालेले अछाम–१ का लागि भीमबहादुर रावललाई टिकट नदिए पछि सो क्षेत्रमा झपट बोहोराले टिकट पाएका छन् । सुदूरपश्चिम सरकारबाट राजीनामा दिएर एमालेमा बसेका रावलले टिकट पाएसँगै अछामको राजनीतिमा भने तरङ्ग छाएको छ ।
यी हुन् सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभाका एमाले उम्मेदवार–