arrow

'बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
mahesh-basnet-new.jpg

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका महानगरका मेयर बालेन्द्र साहविरुद्ध बोले त्रिशूलीमा हाम फाल्या जस्तो हुने गरेको बताएका छन् । मङ्गलवार राजधानीको एक कार्यक्रममा बस्नेत राष्ट्रपतिको विद्यादेवी भण्डारीको बचाउ गर्दै बालेन्द्रमाथि खनिएका हुन् । 

नेता बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा महाअभियोग लगाउन माग गर्दै पुत्ला जलाउनेहरू, बोलेनले महानगरमा तोडफोड मच्चाउँदै व्यवसायीहरूलाई रुवाउँदासमेत कोही पनि नबोलेको भन्दै आक्रोश व्यक्ति गरे । 

बस्नेतले भने,' राष्ट्रपति ज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएन । केही साथीहरू महाअभियोग लगाउनुपर्छ, राजीनामा दिनुपर्छ, पुत्ला जलाउनुपर्छ भनेर निस्के । राजीनामा दिनु भन्न पाइन्छ लोकतन्त्र यही हो । तर आज काठमाडौंको मेयर बोलेन जीले जुन ढङ्गले तोडफोड गरिरहनु भएको छ । दशैंको मुखमा साना व्यवसायहरूलाई आँसुमय बनाउनु भएको छ । रुवाबासी गर्ने बनाउनु भएको छ । बैङ्कको लोन लिएर राज्यलाई कर तिरेर व्यवसाय गरेका साथीहरूलाई महानगरले बदर आक्रमण सुरु गरेको छ । त्यसको विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ । बुद्धिजीवी सामाजिक अभियान्ताहरु बेल्न डराएका छन् । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ