arrow

खुल्यो ब्रोकर लाइसेन्सको आवेदन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
dhitopatra-bord.jpeg

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । 

हाल ५० वटा ब्रोकरहरूले सेवा दिइरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ