arrow

चोलेन्द्रले मुछेका सात वकिलसँग समितिको सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
cholendra-mahaviyog-wakil-samiti.jpg

काठमाडौं । महाभियोग सिफारिस समितिले महाभियोगमा मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सात जना वकिलसँग छलफल गरेको छ । जबराले समितिमा आफूलाई इमानदार देखाउने क्रममा विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम बदनाम गरेका थिए । 

जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन् । जबराले अधिवक्ताहरूले आफूलाई राजीनामा दिन भनेको, न्यायाधीश बनाइदिन भनेको लगायतका आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ