arrow

दोहोरो अंकले घट्यो शेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
stock-share-down-bear.jpg

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ । 

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् ।

एनआरआइसी र एनटीसी दुवैको शेयर मूल्य घट्दा अन्य उपसमूह १।७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका शेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दासमेत युनाइटेड, मर्दी आरबीको शेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको शेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको शेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो। तर, शेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडी र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ