arrow

ठाकुरको नाम सप्तरीबाट पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
mahantha.JPG

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ ।  

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए । प्र

तिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका सदस्यका लागी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र  मालती सदाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

अध्यक्ष ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट पनि उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ