arrow

श्रीमतीको हत्या आरोपमा गोपाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
Gopal Damai.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले श्रीमतीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं. ८ का ४० वर्षका गोपाल दमै रहेका छन् ।

प्रहरी नायव उपरीक्षक एवं स्याङ्जा प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार गोपालले आफ्नी श्रीमती ४२ वर्षकी मञ्जु दमैलाई कुटपिट गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । 

भदौ १४ गते घरायसी विवाद हुँदा गोपालले मञ्जुलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । उनको उपचारका लागि स्याङ्जा जिल्ला अस्पताल हुँदै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएकोमा १६ गते उपचारकै क्रममा मृत्यु भएको डिएसपी खानलले बताए । 

गोपाललाई भदौ १६ गते पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ