arrow

प्रधानन्यायाधीशलाई महाभियोगः दोस्रो दिनको बयान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिनको बयान जारी रहेको छ । बुधबारबारदेखि बयान चलिरहेको हो । 

बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि मात्र छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीय रुपमा आरोप लगाएको बयान दिएका थिए । 
 
छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । 

उक्त समितिको गत भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबरा बयानका लागि समितिमा उपस्थित भएका हुन् । 

जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गतेमात्र पहिलो बैठक बसेको थियो । 

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । 

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र जबराले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ