arrow

महाभियोग अर्को संसद्‍मा पनि लैजान सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । अब एउटा संसदले टुंगोमा पुर्याउन नसकेको महाभियोगको मुद्दा अर्को संसदले पनि हेर्ने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज सिंहदरबारमा बसेको बैठकमा एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरूले सहमति गरेका हुन् । 

सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिना भन्दा कम भएर महाभियोग टुङ्ग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा सहमत भएका हुन् ।

आजको छलफलमा संसद्‍मा महाभियोग लागिसकेको अवस्थामा टुंगोमा पुर्‍याउने व्यवस्था नियमावलीमा हुनुपर्ने माग सांसदहरूले गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरूद्धको महाभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ