निर्वाचन सुरक्षाका लागि सेनासँग प्रहरीले हतियार माग्यो
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
2.3k
Shares
काठमाडौं । नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागिआवश्यक थप हतियार नेपाली सेनासँग लिने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि आवश्यक थप हतियार प्रहरीले सेनासँग लिन लागेको हो ।
साना हतियार काम सकिएपछि सेनालाई फिर्ता गर्ने सर्तमा लिने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले मुख्यालय, बाहिनी, गण र गुल्ममा प्रयोग भइरहेका साना हतियार लिने तयारी गरिएको हो।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।