arrow

ओरालो लाग्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
stock-share-down-bear.jpg

काठमाडौं । शेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । 

नेप्से परिसूचक ७।२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । 

५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो । कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्यमा ओरालो लागेको छ । 

साथै ४७ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको शेयरमूल्य भने स्थिर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ