प्रदीप गिरीको अभाव कांग्रेसले पूर्ति गर्न सक्दैन : पौडेल
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
1.7k
Shares
काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको अभाव कांग्रेसले पूर्ति गर्न नसक्ने बताएका छन् ।
उनले भनेका छन्,' पदको लोभ नराखी विचारको राजनीति गर्नभयो । कांग्रेसलाई प्रेरणा दिनुभयो । यो अभाव कांग्रेसले पूर्ति गर्न सक्दैन ।'
गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको हो ।
९ बजेदेखि ११ बजेसम्म गिरीको पार्थिव शरीर , ललितपुरको शिवालय र ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा राखिनेछ भने आजै गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।