एलजीको वाशिङ मेसिन विज्ञापनमा आमा–छोराको भावनात्मक सम्बन्ध [भिडियोसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
1.2k
Shares
काठमाडौं। नेपालको सर्वाधिक चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले वाशिङ मेसिनको नयाँ टीभी विज्ञापन एलजीको अधिकारिक सामाजिक संजालको माध्यमबाट सार्वजनिक गरेको छ।
विज्ञापनमा नेपालका चर्चित कलाकारहरुलाई प्रयोग गरी एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरिएको छ । विज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध, माया देखाउनुका साथै कसरी एउटा वाशिङ मसिनले परिवारमा खुशीयाली ल्याउनुका साथै छोराले आमाप्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ ।
यो विज्ञापन नेपाली परिवार र मौलिकतामा आधारित रही भावनात्मक रुपले प्रस्तुत गरिएको छ । यस वाशिङ मेसिनमा एआई डीडी टीएम जस्ता सबैभन्दा नयाँ प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने एलजीले जनाएको छ ।
कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने एलजीले दाबी गरेको छ । एलजीले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘यस वाशिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र हाइजेनिक वाश दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ । टर्बो वास टीएम ३६० डिग्री रहेको यस मेशिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पूरा गर्दछ जसले बिजुली र समयको बचत गर्छ, साथै यस वाशिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ ।’