arrow

सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक आज बस्ने भएको छ । 

सिट बाँडफाँड गर्न बनेको ११ सदस्यीय कार्यदलको पहिलो बैठक आज  दिउँसो ३ बजे बस्न लागेको हो ।  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । कार्यदलको बैठकले सिट बाँडफाँटका लागि गृहकार्य शुरु गर्ने बताइएको छ । 

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । 

साथै माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । 

यस्तै जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ