arrow

साउने हरियालीजस्तै बन्यो शेयरमा यो साता, एक सय २३ अंकको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
bull-stock-nepse-share.jpg

काठमाडौं । शेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ । साउनमा जताततै हरियो देखिएजस्तै गरी यो साता कारोबारमा हरियाली छायो । 

नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ ।

शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ