arrow

साताको तेस्रो दिन ओरालो लाग्यो शेयर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
stock-market-down1.png

काठमाडौं । शेयर बजार करिब ४५ अंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालो लागेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । 

सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो । 

गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ