arrow

शेयरमा दबाब, मौद्रिक नीतिको प्रभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy-2022.jpg
फाइल तस्बिर

काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७।२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ ।

१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।

मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार घटाउने निर्णय भएमा भने त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । समग्रमा मौद्रिक नीतिबाट सेयर बजारका समस्या समाधान हुन्छ भनेर लगानीकर्ता विश्वस्त नहुँदा बजार प्रभावित भएको कतिपयको बुझाई रहेको र सोही कारण यस दिन बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । 
 
बजार प्रभावित हुनुमा यसअघि नेप्से लगातार ८ दिनसम्म बढेको थियो । यसरी बढेको बजारबाट ट्रडरहरुले नाफा बुक गरेका हुन् । जसको प्रभावसमेत अहिले देखिएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ