बङ्गलादेशमा भइरहेको हिन्दूहरूको दमनविरुद्ध भारतमा चासो
एजेन्सी,
प्रकाशित २०७९ साउन ४ बुधबार
816
Shares
काठमाडौँ। बङ्गलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि लगातार भइरहेको धार्मिक अत्याचारलाई लिएर पश्चिम बङ्गालमा वरिष्ठ भाजपा विधायक एवं प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै यस मामिलामा हस्तक्षेपको माग गरेका छन्।
उनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यस चिठ्ठीको प्रति हालेका छन्। साथै उनले बङ्गलादेशमा हिन्दहरूमाथि भइरहेको अत्याचारको फोटोहरू पनि साझा गरेका छन्। यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्विटर अकाउन्ट पीएमओलाई पनि ट्याग गरिएको छ र हिन्दुहरूको दयनीय स्थितितिर उनको ध्यानाकर्षण गरिएको छ।
बङ्गलादेशको नारेलाको लोहाग्रा उप जिल्लामा एक मन्दिर, पसल र हिन्दु समुदायका धेरै घरहरूमा मुस्लिम समुदायका मानिसहरूले तोड़फोड़ गरिरहेका छन् र हिन्दु देवी-देवताहरूलाई गाली दिइरहेका छन्।
शुभेन्दुले यसबारे चिठ्ठी लेखेर भनेका छन्, 'प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल यसमा हस्तक्षेप गर्नुपर्छ। म तपाईँसित हात जोडेर आग्रह गर्छु- कृपया स्थितिको गम्भीरतालाई बुझ्नुहोस् र हस्तक्षेप गर्नुहोस्। बङ्गलादेशमा हिन्दहरूलाई बचाउने प्रयास गरिनुपर्छ। तपाईँसित राजनयिक र अन्य संसाधन छन्, त्यसको प्रयोग गरी त्यहाँ साम्प्रदायिक हिंसाका घटनाहरूलाई रोक्ने प्रयास गर्नुहोस्। बङ्गलादेशका हिन्दु यस समय तपाईँको प्रतीक्षा गरिरहेका छन्'।
उल्लेख्य छ की यसअघि दुर्गा पूजा र अन्य आयोजनहरूको बेला पनि हिन्दुहरूको घर, अफिस र मन्दिरहरूमा तोड़फोड़ गरिएको थियो।