arrow

युक्रेनको विमान ग्रीसमा दुर्घटनाग्रस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
ukr-air.jpg

काठमाडौं । युक्रेनको कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त भएको छ । युक्रेन एयरलाइन्सद्वारा सञ्चालित एन्टोनोभ कार्गो विमान शनिवार उत्तरी ग्रीसको काभाला शहर नजिक दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय बासिन्दाले दुर्घटना पछि दुई घण्टासम्म आगोको मुस्लो देखेको र विस्फोटको आवाज सुनेको बताएका छन् । एएन-१२ सोभियत-निर्मित टर्बोप्रप विमान सर्बियाबाट जोर्डन जाँदै थियो।

ग्रीक मिडियाले विमानमा आठ जना सवार रहेको र त्यसमा १२ टन "खतरनाक सामग्री" धेरैजसो विस्फोटक पदार्थ रहेको बताएको छ। 

तर स्थानीय अधिकारीहरूले कार्गोको बारेमा कुनै खास जानकारी नभएको र जहाजमा कति जना थिए वा विमान के बोकेको थियो भनेर पुष्टि नभएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ